काठमाडौंमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ओमबाबु गुप्ता (३१ वर्ष) र चन्दन गुप्ता (२२ वर्ष) लाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको आज सार्वजनिक गरेको हो ।
उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।
पक्राउ परेका दुई भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले जनाए ।