प्रत्येक नेपालीको टाउकोमा ६८ हजार रुपैयाँ भन्दा बढी ऋणभार परेको छ । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ६८ हजारभन्दा बढी ऋणको भार परेको देखिन्छ ।
दुई वर्षअघि एक नेपालीको भागमा ४७ हजार २ सय २ रुपैंया ४६ पैसा ऋण देखिएकोमा अहिले २१ हजार ७०५ रुपैयाँ १ पैसाले ऋण बढेको छ ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकले सरकारी ऋण २०११ अर्ब ५८ करोड पुगेको छ जुन अघिल्लो आ.व.को भन्दा २७७ अर्ब ११ करोडले बढी हो ।
२०७९ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु. १०२७ अर्ब ३० करोड र आन्तरिक ऋण रु ९८४ अर्ब २८ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु. २०१ अर्ब ५८ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत रहेकोमा अहिले ४१.५ प्रतिशत पुगेको छ । आ.व ०७७/७८ मा यस्तो अनुपात ४०.६ प्रतिशत रहेको थियो ।
सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको औसतमा ६८ हजारभन्दा बढी ऋणको भार परेको देखिन्छ । यसअगाडि केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा रियलटाइम नेपालको अनुमानित जनसंख्या पाइने भएतापनि अहिले उक्त जनसङ्ख्या उपलव्ध नभएकाले कूल ऋलाई राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० ले भाग गरिएको हो ।