आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् समृद्धिको कामना गर्दै भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ ।
राजधानीको पुशपतिनाथ, सन्तानेश्वर लगायत कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाटमा बिहानैदेखि हरियो बस्त्र र आभूषणमा सजिएका महिला भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।
त्यस्तै काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलवम समूहको पनि त्यतिकै घुइँचो रहेको छ । श्रावण महिना महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्रेतायुगमा माता पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख छ ।
तस्बिरमा हेर्नुहोस् साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पूजा आराधना गर्दै भक्तजन