भन्सार छलेर भारत लाँदै गरेको अवस्थामा प्रहरीले सुपारी र भारतबाट ल्याएको अवैध दुध पाउडर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार झापाको मेचीनगर नगरपालिका-७ मा भारत देखि नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको दुई सय केजी दुध पाउडर बरामद गरेको हो । उक्त सामान मूल्य अन्दाजी एक लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीले सोही नगरपालिकाको वडा नम्बर ६ बाट ३० केजी सुपारी बरामद गरेको छ । उक्त सुपारी भन्सार छलेर भारत तर्फ लादैं गरेको अवस्थामा भेटिएको हो ।
अवैध सामान पक्राउ गरी आवश्यक कार्वाहीको लागी मेचि भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको प्रवक्ता पाठले केटिएम दैनिकलाई बताए ।