साताको अन्तिम दिन आज शुक्रवार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । गत सोमवारयता लगातार उकालो लागेको सुनको मूल्य बिहीवार घटेको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदी प्रतितोला १ हजार २२५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
यसैगरी, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । आज डलरको मूल्य पनि बढेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ७२ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ५४ पैसा थियो ।