वितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् भने थप ८१५ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४७६ जना सङ्क्रमणमुक्त भएका छन् । संक्रिय सङ्क्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । जसमध्ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।