पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय तनहुँका डिएसपी युवराज खड्काले बताए ।
सम्धी खोला पुलको रेलिङमा ठक्कर खाई १५ फिट तल माइक्रो खस्दा दुर्घटना भएको डिएसपी खड्काले बताए ।
घाइतेमध्ये, बिमल रानाभाट, भानु प्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माईक्रोबस चालक जिवन आले सहित पाँच जनाको अवस्था गम्भिर देखिएकोले पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।
अन्य नौ जना सामान्य घाइतेहरुको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा उपचार भईरहेको छ ।