
राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आएको बताएकी छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाईरहेको बताईन । स्थानीय सरकार बन्यो र अब धेरै कुरामा हल हुन्छ भन्ने जनआशा थियो तर चुवाबको बेला गरेका कुरालाई काममा नउतारेको उनको गुनासो छ ।
राष्ट्रियसभामा बोल्दै सासंद तिमल्सिनाले भनिन् ‘स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेपछि त फोहोेर नियन्त्रण हुन्छ भनेर सबै आशावादी थिए,दलका नेताहरुले गर्न नसकेको युवाले गर्छन् भनेर होहल्ला फिजाइएको थियो,तर अहिले पनि त्यो दुर्गन्ध त्यसै छ । विहान बेलुकी हिँडिसाध्य छैन । फोहोरको व्यवस्थापन नहुँदा हैजा र दुर्गन्ध फैलिएको छ ।’
उनले यो दुर्गन्धमा पर्यटकलाई आउनुहोस्, राम्रो छ भनेर कसले प्रचार गर्ने भन्दै प्रश्न गरिन । निर्वाचन सकिएसँगै फोहोर व्यवस्थापन भइसक्थ्यो तर पहलनै नभएको उनले दाबी गरिन ।