सुनसरीमा घाँस काटेको विषयमा विवाद हुँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका-३ की ३४ वर्षीया चन्द्रकलादेवी राय रहेकी छन्।
गत शुक्रबार स्थानीय संगीतादेवी रायको खेतमा घाँस काटेको विषयमा चन्द्रकला र संगीताबीच विवाद उत्पन्न भएको थियो।
विवादका क्रममा संगीताले चन्द्रकलामाथि निर्घात कुटपिट गरेकी थिइन्। गम्भीर घाइते उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगर ल्याइएको थियो।
उपचारका क्रममा आइतबार १२ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । चन्द्रकलाको मृत्युपछि पीडित परिवारले दिएको उजुरीका आधारमा ४० वर्षीय संगीतादेवी रायलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ।