
निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। असमान तलव वृद्धिका विरूद्धमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
‘असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा हामीले आन्दोलन गरिरहेको हो,’ उनले भने।
सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए।
साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।