मदन पुरस्कारका लागि २०७८ को सूचीमा ८ वटा पुस्तक छानिएका छन् ।
डा. नवराज लम्सालको अग्नि, दामोदर पुडासैनीको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङराईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती, पद्मसुन्दर जोशीको हिति प्रणाली छानिएको मदन पुस्तकालयले जनाएको छ ।
प्राप्त २९९ पुस्तकबाट ८ वटा छानिएको कुन्द दीक्षितले जनाएका छन् । यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिनेछ ।