चितवनमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । आइतबार बिहान १०ः३० बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ सिमलघारीमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
सिमलघारीका ४२ वर्षीय रमेश मिजारको श्रीमती ४२ वर्षीया लक्ष्मी मिजार आफ्नै घरको कोठाभित्र रहेको दराजको ह्याण्डलमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एवम् डिएसपी नरहरी अधिकारिले बताए ।
मृतक महिलाका आफन्तहरुले हत्याको आशंका गरेका छन् । महिलाको आत्महत्या हो कि हत्या हो भन्ने बारेमा वास्तविक अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।
घटनास्थल तथा लास जाँच मुचुल्कालगायतको कार्य गरी पोस्ट मार्टमको लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।