काठमाडौंमा आज १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर-२९ का विभिन्न १४ स्थानमा आज (सोमबार) देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।
१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।
आज पद्कन्या मा.वि, डिल्लीबजार, विजय मेमोरियल स्कुल डिल्लीबजार र राइनिङ रेज स्कुल न्यूज प्लाजमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
यी हुन् खोप केन्द्र