नेविसंघले गत साउन १२ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला आज खोलेको छ ।
नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिए।
नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तर्वार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो।
सेवा आयोगले ०७७/०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरू गर्ने भनिएको अन्तर्वार्ता तालाबन्दीले रोकिएको थियो ।