१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमको छथर गाउँपालिका-२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय बालिकामाथि जवरजस्ती करणीका घटना बढेका छन् । विगत पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्नेहो भने नेपालमा ११ हजार ७३ जना महिला तथा बालिकाहरू बलात्कृत भएको देखिन्छ । नेपाल प्रहरीको मुख्यालयबाट केटिएम दैनिकले प्राप्त गरेको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी बलात्कार घटना प्रदेश नम्बर १ मा भएको देखिन्छ ।