चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीन भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।
भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ ।