काठमाडौंमा परिररहेको झरीको वेवास्ता गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सरकारविरुद्ध सडकमा उत्रिएको छ ।
पछिल्लो समय भ्रष्टाचारलगायतका बेथिति बढेको भन्दै एमालेले सोमबार काठमाडौँको वसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुससहित नाराबाजी गरेको हो ।
वर्षा भइरहँदा पनि प्रदर्शनकारीहरू रोकिएनन् । कोही छाता ओढेर त कोहीले ब्यानर नै ओढेर नाराबाजीमा उत्रिए । प्रदर्शनकारीहरूको कोणसभालाई सम्बोधन गर्न एमाले महासचिव शंकर पोखरेल पुगेका थिए । उनले पनि छाता ओढेर कोणसभालाई सम्बोधन गरे ।
वसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीले शान्तिबाटिकासम्म पुगेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।
तस्बिरहरू