स्थानीय बजारमा आइतवार सुनको मूल्य प्रततोला २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोवार दिन अर्थात् शुक्रवार सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोवार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। यो दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार २३० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७६६ दशमलव १५ डलर पुगेको छ ।