आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले वृद्धि भइ ९४ हजार ८०० कायम भएको छ ।
तेजावी सुनको मुल्य ९४ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुनको मुल्य तोलाको ९३ हजार ५०० थियो ।
सुनको मूल्य वृद्धि हुँदा चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।