नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न नेताहरुले विदेशीको पैसा लिने काम बन्द गर्नु पर्ने बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रले आज काठमाण्डौं आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टी चलाउन वा चुनाव लड्न विदेशीको पैसा लिने काम बन्द गर्नु पर्ने बताउँदै भने,‘अर्थ मन्त्रालयको बजेट प्यारा मिटरभन्दा बाहिर गएर विदेशी सरकार वा विदेशी राजदूतावासबाट सहयोग लिन बन्द गरौँ, के नेताहरु तयार हुनुहुन्छ ?’
“आफ्नो पार्टी वा गुटको लागि विदेशी हस्तक्षेप स्विकार गर्ने वा हस्तक्षेप आमन्त्रित गर्ने काम बन्द गरौँ । पार्टी चलाउन वा चुनाव लड्न विदेशीको पैसा लिने काम बन्द गर्नु पर्यो ।
‘आफ्नो निर्वाचन क्षेत्रको भोट सुरक्षित गर्ने भन्दै विकासको लागि अर्थ मन्त्रालयको बजेट प्यारा मिटरभन्दा बाहिर गएर विदेशी सरकार वा विदेशी राजदूतावासबाट सहयोग लिन बन्द गरौँ, नेताहरु तयार हुनुहुन्छ ? आफ्नै छोराछोरी, आफ्नै नातेदार र भोट ब्याङ्क भएका कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्नुपर्यो । यी सबै कार्य स्वाभिमानका साथ अघि बढ्न तयार भए सही दिशातिर जानसक्छौ ।’
उनले पार्टीमा भएको युवाहरुमा नत नेतृत्व गर्न सक्ने, नत नेतृत्व फेर्ने सक्दै, दुबै आँट नभएको आरोप लगाएका छन् । अहिले पार्टीमा युवाहरुको भूमिका नेता वा गुटको फेरो समातेर पदमा पुग्ने र कमिसनबाट आफ्नो जिवन सम्पन्न गर्ने बाहेक अरु कुनै सोच नभएको उनको दाबी छ ।
भिडिओ