फ्रान्समा बस्ने एक व्यक्तिले आफूलाई ब्ल्याक एलियनको रूपमा परिणत गरेका छन्।
३२ वर्षका एन्थनी लोफ्रेडोले आफ्नो बडी ट्रान्सफर्मेसनका लागि विभिन्न प्रकारका चिजहरू गरिसकेका छन्। उनले आफ्नो पूरा शरीरभरि ट्याटु बनाइसकेका छन्। उनले आफ्नो आँखाको नानीमा समेत ट्याटु बनाएका छन्।
यसबाहेक एन्थनीले आफ्नो नाक र माथिल्लो ओठ पनि काटेर हटाएका छन्। माथिल्लो ओठ हटाएको र जिब्रो काटेपछि उनलाई अब बोल्न समस्या भइरहेको छ।
यसबीचमा एन्थनीलाई कुनैपनि कम्पनीले जागिर दिन मानेको छैन। एन्थनीका अनुसार उनलाई कसैले जागिर नदिएका कारण दैनिक गुजारा चलाउन गाह्रो भइरहेको छ।