कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशी रहको छन् ।
कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा २१ च २९०३ नम्बरको जीपसँग क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।