तनहुँ जिल्लामा अन्दाजी ६०/६५ वर्षका जोगी भेषका एक व्यक्ति मृत फेला परेका छन् ।
जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको बताएको छ ।