हेटौंडामा जारी नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा निर्वाचनमा समितिले तोकेको उम्मेदवारी मनोनयन शूल्क घटेको छ ।
निर्वाचन समितिका संयोजक एगराज पोखरेलले अध्यक्षको लागि रु ३० हजार, वरिष्ठ उपाध्यक्ष र महासचिवको लागि समान २५/२५ हजार, उप-महासचिव, सचिव, कोषाध्यक्ष, केन्द्रीय लेखा समिति संयोजक को समान 20/२० हजार, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको समान १५/१५ हजार तोकेको थियो ।
उम्मेदवारी मनोनयन शूल्क धेरै भएको भन्दै निर्वाचन समिति र युनियन नेतृत्वलाई उम्मेदवारहरूले घटाउन दवाव दिएपछि समितिले शूल्क घटाएको हो । समितिले अध्यक्षको लागि २० हजार, पदाधिकारीको लागि १५ हजार र सदस्यको लागि पाँच हजारमा झारेको छ ।
महाधिवेशनबाट एक अध्यक्ष, उपाध्यक्ष १२ जना, वरिष्ठ उपाध्यक्ष र महासचिव एक/एक जना, उप-महासचिव छ जना, सचिव ११ जना कोषाध्यक्ष एक जना गरी ३३ जना पदाधिकारीहरू निर्वाचित हुन्छन् ।
विभिन्न कलस्टरबाट ८० जना सदस्यहरू निर्वाचित हुने नेपाल प्रेस युनिनयको नवौं महाधिवेशनको लागि प्रस्तावित विधानमा उल्लेख छ ।
तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ । ०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् ।