काठमाडौं महानगरपालिकाले महानगरबासीहरूलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ ।
महानगरको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ।
अबदेखि कुहिने फोहर आइतबार र बुधबार सङ्कलन गरिनेछ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ।
वर्गीकरण नगरिएका फोहर गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ।
महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।
हेर्नुहोस् सूचना