एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले र्यापर यम बुद्ध(अनिल अधिकारी) को सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र समाजमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने प्रणाली भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।
पौडेलले यम बुद्धलाई नेपाली माटोमा जन्मिएका हिपहप गायनका विधाका विख्यात नक्षत्रका रूपमा समेत सम्झिएका छन् ।
उपाध्यक्ष पौडेलले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो ।
तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ । pic.twitter.com/WsAckJjyCL
— Bishnu Prasad Paudel (@bpaudel1959) July 14, 2022