भारत उत्तर प्रदेशका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
देवी देवताको फोटो भएको कागजमा मासु बेचेको आरोपमा उत्तर प्रदेशको सम्भल जिल्लाका महक रेष्टुरेन्टका मालिक ५८ वर्षीय तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनी महक रेस्टुरेन्टका सन्चालक हुन् । उनले भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोप छ ।
हुसेनले हिन्दु देवीदेवताका फोटो भएको पत्रिकामा राखेर मासु बेचिरहेको भेटिएको थियो । त्यो कार्यले हिन्दु धर्म मान्नेहरुको भावनामा चोट समेत पुगेको छ । तालिब हुसेनलाई पक्रेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।