चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ ।
पुरानै कलाकारलाई लिएर टलकजंग भर्सेस टुल्के–२ निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ मा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुशांक मैनाली, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकारहरूको मुख्य भूमिका रहेको थियो ।
‘टलकजंग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेखेका थिए ।
माओवादी सशस्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए ।