नायिका पूजा शर्मा र नायक अनमोल केसी पहिलो पटक जोडी भएर काम गर्दै छन् । पूजाले आफ्नो होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको पहिलो फिल्ममा अनमोल अनुबन्धित गरेकी हुन् ।
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता अनमोल र पूजाको अभिनय रहने भएको छ ।
निर्देशक सुदर्शन थापासँग अभिनेता अनमोलले पहिलो पटक काम गर्ने भएका छन् । शुक्रबार अभिनेता केसीले सुदर्शनको निर्देशन र अभिनेत्री पूजा शर्माको निर्माण रहने एक अनटाइटल प्रोजेक्ट साइन गरेका हुन् । यसअघि सुदर्शनले ‘प्रेमगीत’ लगायतका केही फिल्मबाट अफर गरे पनि उनले काम गर्न अस्वीकार गरेका थिए । तर, अब निर्देशक थापासँग उनले सहकार्य गर्ने भएका छन् ।