लुम्बिनी प्रदेशको दाङ जिल्लामामा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पौने नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।