नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ । रामेछापको गोगनेमा गुरूङसहित ५ जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लिएको हो ।
अचानक गाडी सडकको ट्रयाक छाडेर छेउतर्फ गएको तर, ढुंगाको ओट लागेर रोकिएको उपसभापति गुरूङले बताए । ‘ढुंगाको ओट लागेकाले ठूलो दुर्घटना हुनबाट जोगियो,’ गुरुङले भने ।
गाडीको एकातर्फको दुवै टायर सडकभन्दा बाहिर पुगेपनि क्षति भने नभएको र सबैजना सकुशल रहेको गुरुङले बताए ।
गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।गाडीमा सवार सबै जना सकुशल रहेको भन्दै डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको बताए ।