झापाको अर्जुनधारा नगरपालिकामा बोराभित्र एक पुरुषको शव भेटिएको छ। अर्जुनधारा-४ स्थित ह्युम पाइपमा बोराभित्र हालेर फ्याँकिएको अवस्थामा अन्दाजी ४५ उमेर समूहको लाग्ने एक युवकको शव फेला परेको हो।
आइतबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
लगत्तै पुगेको प्रहरीले अनुहारमा चोटले नचिनिने अवस्था शव फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार ३/४ दिन पहिलेकै जस्तो भएकोले शवको पहिचान हुन सकेको छैन। शरीरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको कुँवरले जानकारी दिए।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ। टाउकोमा गम्भीर चोट लागेको छ।