
धार्मिक स्थलमा आफ्नो श्रीमतिसँग रोमान्स गरेपछि त्यहाँस्थित रहेको श्रद्धालुहरुले एक युवकलाई रामधुलाई गरेका छन् ।
भारतको उत्तर प्रदेश (युपी) को अयोध्यामा रामकी पैडी मा स्नान गर्न गएका एक जोडीले सोही स्थानमा आफ्नी श्रीमतिलाई चुम्बन गरेको देखेर अन्य श्रद्धालुहरुले रामधुलाई गरेका हुन् ।
धार्मिक स्नान स्थलमा श्रीमतीलाई अँगालो हालेर चुम्बन गरेको देखेपछि एक जनाले भिडियो बनाएका थिए । सो स्थलमा दुवै जना रोमान्समा मग्न रहेको बेला अन्य सयौँ दर्शनार्थीहरु त्यहाँ स्नान गरिरहेका थिए ।
रामकी पैडी भनेर चिनिने सो प्रसिद्ध धार्मिक स्थलमा उक्त जोडीको हर्कत देखेपछि त्यहाँ रहेका अन्य श्रद्धालुहरुले युवकलाई समातेर रामधुलाई गरेका हुन् । पानीमा नुहाउँदै गरेको समयमा उनले आफ्नी श्रीमतीलाई चुम्बन गरिरहेको सार्वजनिक भएको भिडिओमा देख्न सकिन्छ ।
अयोध्याको यो घटनाको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल बनेको छ । भिडिमा सो जोडीलाई गाली गलौत समेत दिइएको देखिएको छ ।
पहिले त उनीहरुलाई अन्य श्रद्धालुहरुले नजरअन्दाज गरिरहेको देखिएको छ तर जब रोमान्स अधिक र आपत्तिजनक हुन थालेपछि पुरुषलाई धुलाई गरिएको हो ।
भिडिओमा श्रीमतीले श्रीमानलाई बचाउन खोजिएको देखिएको छ । सो स्थल विशुद्ध धार्मिक स्थल भएकोले त्यस्ता क्रियाकलापको लागि जनकारवाही गरिएको हो ।