अभिनेत्री निया शर्माले सन् २०१० मा टेलिभिजनबाट अभिनयमा पाइला चालिन् । ‘ एक हजारों में मेरी बहना है’, ‘जमाई राजा’, ‘ इश्क में मरजावाँ’ र ‘नागिन ४’ जस्ता टेलिभिजन शोले उनलाई सानो पर्दाको लोकप्रिय अभिनेत्री बनाइदिए।
तर, निया २ वर्षयता अभिनयबाट टाढा छन् । निया पछिल्लो समय सन् २०२० मा ‘नागिन ४’मा देखिएकी थिइन् । यसपछि उनी एकाध वेब सिरिज र म्युजिक भिडियोमा देखिइन् । हालै एक अन्तर्वार्तामा उनले अभिनयबाट ब्रेक नलिएको दाबी गरेकी छन् ।
‘हामी त्यो मानिस होइनौं, जो ब्रेक लिन्छौँ । म अहिले त्यो भूमिकामा छैन । म अहिले पनि एक भिखारी हुँ, जसलाई काम र पैसा चाहिएको छ । म कहिल्यै पनि भन्न सक्दिनँ कि मलाई ब्रेक चाहियो । मलाई जीवनमा कहिल्यै पनि ब्रेकको आवश्यकता छैन । मलाई काम चाहियो’, उनले भनेकी छन् ।
यद्यपि, नियाले आफूले एक राम्रो प्रोजेक्टमा काम गर्न चाहेको तर त्यसका लागि लामो समयसम्म पनि पर्खन तयार रहेको बताएकी छन् ।
‘मलाई यस्तो लाग्छ कि कुनै ब्रेक लागेको छ । न त मैले लामो समययता कुनै अडिसन नै दिएकी छु । मलाई कसैले कामको लागि फोन गरिहाल्दा पनि पुनः दोहोयाएर फोन गर्दैनन् ।
अडिसन त टाढाको कुरा हो । मेरालागि अहिले सबै रोकिएको छ । जब कुनै दिन मलाई ठूलो अफर आउँछ, म स्वीकार्नेछु’, निया भन्छिन् ।
सामाजिक संजालमा सक्रिय निया कयौंपटक आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार समेत बनेकी छिन ।