पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत दैनिक उपभोग बस्तुमा भएको चरम मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवा संघले आज विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले “यसपालिको हैजा, राष्ट्रघाति गठबन्धनलाई लैजा !!” लेखिएको प्लेकार्ड बोकेका थिए ।
पूर्वघोषित कार्यक्रम अनुसार सरकारी नम्बर प्लेटका सवारी साधनहरू रोक्ने क्रममा प्रहरीसँग सामान्य मुठभेड समेत भएको थियो । यस क्रममा केही सरकारी नम्बर प्लेटका सवारीसाधनमा तोडफोड समेत भएको छ ।
सरकारले नेपाली जनताको ढाड सेक्ने गरि गरेको सम्पूर्ण चलखेलको अन्त्य नगरे राष्ट्रिय युवा संघ नेपाल आन्दोलनलाई अझ सशक्त बनाउने उद्घोष समेत गरिएको छ ।
थप तस्बिरहरू