चीनका लागि आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूतमा नियुक्त गरिएको हो। श्रेष्ठ नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगका प्रमुखसमेत रहेका छन्।
नेपालको संविधानको धारा २८२ बमोजिम राजदूतमा श्रेष्ठलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।