सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ। स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि टोली पठाइसकिएको छ । साथै त्यस वरपरको क्षेत्र सेनिटाइज गर्ने निर्णय पनि बैठकले गरेको छ ।
पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएका छन् ।
उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन्। फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए।