धानको बिउ बोकेर किसानहरूले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
सरकार बाहिर रहेका नेकपा एमाले सहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्य वृद्धि, बढ्दो महँगी लगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै संयुक्त किसान आन्दोलन गरेको जनाएका छन् ।
प्रदर्शनमा सहभागीहरूले बढ्दो महङ्गी नियन्त्रण गर, मलमा भैरहको कालोबाजारीको अन्त्य गर, किसानलाई तुरुन्त मल/बीऊको व्यवस्था गर लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।