राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताएका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले दुईवटा काम गर्नसक्नुपर्ने बताए ।
‘साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रित गरौ, गौतमले भने, औद्योगीकरण पनि त्यसैबाट हुन्छ,पर्यटनको विकास पनि त्यसैबाट हुन्छ ।
उनले त्यो कृषियोग्य जमिन केन्द्रले नै परिचालन गर्नेगरी सरकारले चलन चल्तीको मूल्य दिएर किन्नुपर्ने बताए । २६ लाख हेक्टर कृषि जमिन छ त्यो जमिन सरकारले किनोस् ।
मेरो विचारमा ४ सय खर्बको मूल्यमा त्यो जमिन प्राप्त गर्न सकिन्छ’, गौतमले त्यसरी सरकारले लिएको जमिनमा ठुलाठुला कृषि फार्म निर्माण गर्न सकिने बताए ।
गौतमले अर्को विकल्प पनि अघि सारे । ‘त्यसो होइन भने सम्पूर्ण जमिन स्थानीय तहलाई प्रदान गरौं र सामूहिक उत्पादनमा होमौँ’, पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमको भनाइ छ ।