पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको बताइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायता व्यवस्था विभागले जनाएको हो ।
डिजेलको मूल्य १६५ देखि १९२ रुपैयाँको वृद्धि भएर १३.३६ प्रतिशतले बढेको भएतापनि यात्रुबाहक सवारीको हकमा ५.३० प्रतिशत मात्र भाडा बढाइएको छ ।
विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सावरी सधानमा ६.९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सावरी सधानमा ७.७ प्रतिशत भडावृद्धि भएको हो ।
अबदेखि काठमाडौंबाट बाजुराको मार्तडी पुग्नको लागि प्रतियात्रु तीन हजार १७५ रुपैयाँ तिर्नुपर्छ । डिलक्स सुविधा भएका सवारी साधनहरूले भने अहिले सरकारले तोकेको भाडामा २० प्रतिशत वृद्धि गरी लिन पाउनेछन् ।
कहाँ पुगेको भाडादर कति ?