हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३७ दशमलव २७ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ११ विन्दुमा झरेर राताम्मे भएको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले घटेर ३७३.८ अंङ्कमा झरेको छ ।
नेप्सेका अनुसार, कारोबार भएका १३ वटै उपसमूह घटेको हो । निर्जीवन बीमा १५४.८३, बिकास बैंक १२४.१२, जिवन बीमा १२२.६८, जलविद्युत् ८७.४७, लघुवित्त ६५.०२, अन्य ५३.६९ घटेको छ ।
त्यस्तैगरी वित्त ५१.७३, होटेल तथा पर्यटन ४७.५०, उत्पादन ३२.१८, व्यापार ३०.८२, बैंक १२.०६, लगानी १.४३ र सामूहिक लगानी कोष ०.४५ अंकले घटेको हो ।
आज रिभल फल्स पावर कम्पनीको शेयर साढे नौ अङ्कले र बलेफी हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।