मोटरसाइकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङको बूढीगंगा गाउँपालिका-६ का ३२ वर्षीय विनोद चौधरीको कोठामा पेस्तोल भेटिएको छ।
मोरङ प्रहरीका अनुसार उनी मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका थिए। अनुसन्धानका क्रममा दुहबी नगरपालिका-३ स्थित उनको डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सो पेस्तोलमा लाग्ने म्याग्जिन एक थान-१ र एक राउन्ड गोली बरामद गरिएको छ।
साथै विगत एक महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न रहेका उनीसहित १६ जना र २१ थान मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान भइरहेको उनले बताए।