गीत संगीत जीवनका अनन्त सहयात्रिहरु हुन् भन्दा फरक पर्दैन । यसबाट बनेको सांगितिक धुनको संयोजनले दिएको आनन्दबाट हरेक मानिसले एकछिन भएपनि आफूलाई भूलाउन सक्छ र रमाउन सक्छ । गीत र संगितले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने कुराको उदाहरण डा. उत्तम खनाललाई लिन सकिन्छ ।
खनाल अध्ययनका हिसावले चिर परिचित अर्थ विज्ञ हुन् । नेपालको अर्थराजनीति विषयमा शसक्त रुपमा कलम चलाउन रुचाउने खनाल अनुसन्धान तहका विभिन्न विदाहरु लगायत अन्तराष्ट्रिय जर्नलमा काम गर्दै जसरी आफूलाई एउटा अब्बल मानिसका रुपमा परिचित गर्दै आइरहेका छन् त्यसरी नै उनको कलमले साहित्यको क्षेत्रलाई छोड्न सकेको छैन । खनालले बचेको समयमा शसक्त शब्दहरुले भरिएका गीतहरूको रचना गर्ने, कविता लेख्ने गर्दछन् ।
डा. खनालको गीति यात्रालाई संगीत र मिठो स्वर दिएर सजाउने काम काठमाडौँका मनराजा नकर्मी र झापा जिल्लाकी पवित्रा वलीले गर्दै आएका छन् । मनराजा नकर्मी रेडियो नेपालमा वरिष्ठ संगीतकार रुपमा कार्यरत छन्। झापा जिल्ला घर भएकी सुमधुर स्वरकी धनी वली लामो समयदेखि गायन क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तित्व हुन् ।
“सपनीमा आउने रहर विपनीमा साँट्न हुन्न, मन मिल्ने साथीलाई मनैदेखि ढाँट्न हुन्न” बोलको गीत हालै सार्वजनिक भएको छ ।