अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटनामा परेको छ ।
धनगढीबाट आएको गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी शनिबार बिहान ५ बजे जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो ।
गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदसहित ६ जना सवार थिए ।
उनीहरू सकुशल रहेका र गाडी चालक लली नेपाली सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह विष्टले बताए ।
उनका अनुसार चालकको धुब्रतारा हस्पिटलमा उपचार भएको छ ।
धनगढीबाट प्रदेशस्तरीय अभिमुखिकरण सकेर कार्यक्रमबाट अध्यक्ष, उपाध्यक्षसहित ६ जना उक्त कारमा आइरहेको बताइएको छ । चालक निदाएका कारण कार भित्तामा ठोक्किएर सडकमा उत्तानो परेर दुर्घटना भएको भनाइ छ ।