क्षमादेवी ग्रुपद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
‘मानवको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नाराका साथ क्षमादेवी ग्रुपले शुक्रवार भक्तपुरको दिब्यश्वरी टाउन प्लानिङ्गमा गरेको रक्तदान कार्यक्रममा ५६ जना सहभागी भएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा भक्तपुरको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
देश मा बढ्दो रगत अभाव कम गर्न सानो सहयोग पुगोस भनेर रक्त्दान कार्यक्रमको आयोजना गरिएको क्षमादेवी ग्रुपका डाइरेक्टर राजेन्द्र बस्नेतले बताए ।
क्षमादेवी ग्रुपले हार्डवेयरका सामानका साथै मा कन्च ब्राण्डको युपिभिसी झ्याल ढोका तथा बिर्ला ब्राण्डका सिपिभिसी तथा पिभिसी पाईपहरु उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ।