सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका-३, गछियामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको उक्त बैंकले सञ्चालनमा ल्याएको उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले गरेका हुन् ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत सम्पूर्ण बैंकिङ कारोबारहरु गर्न सक्नेछन ।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ भने ९७ वटा एटिएम बुथ सञ्चालनमा ल्याएको छ ।
बैंकले हालसम्म करिव ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।