नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेजत्रो भए माओवादी केन्द्रले मान्छै कुट्दै हिड्ने बताएका छन् ।
मोरङमा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन शुक्रबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
अस्ति एक जनाले भनेको सुन्दैथें, माओवादी अध्यक्ष पुष्पकमल दाहालतिर संकेत गर्दै उनले भने, हामीले चाह्यौं भने कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिन्छौं।
एमालेको हालत बनाउने भनेको के हो? एमालेको हालत बनाइदिन्छु भन्नेको हैसियत जम्मा कम्मर–कम्मर होइन?’
कार्यकर्ताले हौसिएर ताली बजाएपछि ओलीले थपे, ‘कम्मर कम्मर पनि होइन। घुँडा–घुँडासम्मको पार्टीले एमालेको हालत बनाउने रे।
आफू एमालेजत्रो हुन पाए उनले के गर्थे होला ? मान्छे कुट्दै हिँड्थे होला। पहिले मान्छे मार्दै हिँडेका थे।
अरू सबै दल एकातिर र एमाले एक्लै अर्कोतिर भएर चुनाव लड्दा पनि एमालेले नै सबैभन्दा धेरै मत ल्याएको भन्दै ओलीले कार्यकर्तालाई आउँदो निर्वाचनमा फोकस हुन आग्रह गरे ।