नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।
आयल निगमले आज मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १२/१२ का दरले मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर रु १७८ भएको छ भने डिजेल र मट्टितेल मूल्य रु १६५ कायम भएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँस सिलण्डरको मूल्य भने यथावत नै राखेको छ ।
नयाँ मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर रु २४.७० रुपैयाँ, डिजेटलमा १८.०१ रुपैयाँ र एल.पी.ग्याँस (प्रतिलसिण्डर) ७५१.१४ रुपैयाँ घाटा रहेको निगमका सह-प्रवक्ता पुस्कार कार्कीले बताए ।
कार्कीका अनुसार मट्टितेलमा प्रतिलिटर १७.०१ रुपैयाँ नाफा छ भने हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १७.३४ रुपैयाँ र हवाई इन्धन (बाह्य) तर्फ रु ६४.५५ रुपैयाँ नाफा छ ।