जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जुम्लाका विद्यालय शिक्षामा सुधार आवश्यक रहेको बताएकी छन् । सामाजिक विकास कार्यालयले आयोजना गरेको विद्यालय शिक्षा सुधार योजना सम्बन्धीको तीन दिने तालिममा उनले यस्तो बताएकी हुन् ।
प्रजिअ प्रसाईँले भनिन्, जब सम्म शिक्षामा भएको बेथिति हटाउन सकिँदैन, तब सम्म समाज विकासको परिकल्पना गर्न सकिँदैन ।’ विद्यार्थीलाई पढाइमा मिहेनत गराए पास गराउनु पर्ने उनको भनाइ छ ।
तर जुम्लाका शिक्षकले विद्यार्थीलाई अध्ययन गर्न सिकाउनुको साटो परीक्षामा चिट चोराउने गरेको भेटिएको उनले बताइन् । जुम्लामा सञ्चालन भएको एसइई परीक्षा र हाल सञ्चालित कक्षा १२ को परीक्षा अनुगमनको क्रममा यस्तो भेटिएको बताइन् । उनले भनिन, जुम्लाका सबै विद्यालयमा अनुगमनमा गएका थियौँ । तिल गाउँपालिकाको सरस्वती प्राविधिक विद्यालय, चन्दननाथ नमुना माध्यमिक विद्यालय, तातोपानी गाउँपालिकाको हिमशिखर विद्यालय लगायत विद्यालयमा विद्यार्थीलाई शिक्षकले नै चिट चोराउँदै गएको पाएका हौँ ।
शिक्षकले विद्यालयमा पठनपाठन गराउनु पर्छ भन्दा पनि राजनीतिक गतिविधिमा बढी सक्रिय हुने गरेको बताइन । आफ्ना बालबालिकालाई निजी स्कुलमा पढाउने, सरकारी विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थीलाई पढाउने भन्दा पनि चिट चोरेर पास हुन सिकाउने परिपाटी अन्त्य गर्न जुम्लाका सबै विद्यालयका प्रधनाध्यापक र स्थानीय तहका शिक्षा शाखाका प्रमुखलाई अनुरोध गरिन । प्रअिज प्रसाईँले, विद्यालय व्यवस्थापन समिति (विव्यस) को नेतृत्व र सबै सरोकारवालाहरूको सहयोग तथा सहभागितामा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताइन । उनले,समग्र पक्षको सुधारमा केन्द्रित रही विद्यालय सुधार योजना तयार सुझाव दिइन ।
त्यस्तै नगर शिक्षा ,सुधार योजना, गाउँ शिक्षा सुधार योजना, र विद्यालय शिक्षा सुधार योजनाका प्रशिक्षक मेगराज न्यौपानेले, शिक्षा क्षेत्रको यस सुधार योजना निमार्णको लागी सबैको सहयोगमा आवश्यक रहेको बताए । उनले यस प्रशिक्षण तालिमले शिक्षा क्षेत्रको सुधार योजना निर्माणका लागी गरिएको हो ।
त्यस्तै सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाइले अहिले सम्म विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले शिक्षा सुधार योजना बनाएको पाइँदैन । त्यसैले शिक्षामा गुणस्तर ल्याएन नसकिएको हो । यस कार्यक्रमले शिक्षा क्षेत्रको सुधारको लागी महत्त्वपूर्ण हुने छ । उनले भने,‘शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधारको योजना विकासका गर्ने बताएको छ । उनले विद्यालय सुधार योजनाको मूल ध्येय शैक्षिक गुणस्तर सुधारका लागि राम्रो उपलब्धि हुने बताए ।
जुम्लाका आठ वटा स्थानीय तहका शिक्षा शाखाका प्रमुख र विद्यालयको प्रधानाध्यापक र शिक्षकहरूको सहयताका कुनै एक पालिकामा विद्यालय सुधार योजना बनाउने बताए ।