कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृज समाजवादीका धनराज अचार्य निर्वाचित भएका छन् ।
निर्वाचनअघि धेरै कुराले चर्चामा आएको उक्त महानगरको प्रमुख पदमा आचार्यले ५८,८९३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार कृष्णबहादुर थापालाई ६ हजार ०४५ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णबहादुर थापाले ५२,८४८ मत ल्याएका छन् ।
उपप्रमुखमा भने गठबन्धनलाई पराजित गर्दै एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३८ सय ८३ मतान्तरले पराजित गरेकी हुन् । गुरुङले ६० हजार ५४६ मत पाइन् भने पराजित रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।
गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् ।